२६ जेठ, २०८२ पाँचथर । पाँचथरको फिदिम नगरपालिका – २ बाट प्रतिबन्धित लागुऔषध हिरोईन सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार फिदिम – २ स्थित एक घरमा लागु औषधको कारोबार भइरहेको गोप्य सूचनाको आधारमा आइतबार साँझ छापा मारिएको थियो । छापाको क्रममा ३ ग्राम ५१० मिलिग्राम खैरो हिरोईन सहित ५ जनालाई नियन्त्रणमा लिईएको प्रहरीको भनाई छ ।
जिल्ला प्रहरी कार्यलय पाँचथरका सूचना अधिकारी ख्यमराज घिमिरेका अनुसार पक्राउ परेकाहरुको नाम अनुसन्धान प्रभावित नहोस भन्ने उदेश्यले सार्वजनिक गरिएको छैन । उनीहरुलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी थप अनुसन्धान थालिएको घिमिरेले जानकारी दिनुभयो ।
