२६ जेठ २०८२, पाँचथर। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) जिल्ला समिति धनकुटाको आयोजनामा सञ्चालित दुई दिने सचेतना मुलक कार्यक्रम शनिबार सम्पन्न भएको छ।
पाख्रीबास नगरपालिका धनकुटाको सहयोगमा सञ्चालन भएको कार्यक्रममा नगरभित्रका महिला तथा पुरुषको सहभागिता थियोे। उक्त सचेतना कार्यक्रमको सहजिकरण नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय समिति धनकुटाका सल्लाहकार तथा प्रशिक्षक जेपी भुजेल र फोनिज प्रदेश निवर्तमान अध्यक्ष सन्तविर लामाले गरेका थिए।
आदिवासी जनजाति सम्बन्धी हक अधिकार, संविधानमा व्यवस्था गरेको कानुनी कुराहरु, आदिवासी जनजातिहरुको वर्तमान अवस्था, उत्थान र विकासका लागि भएका प्रयास, स्थानीय तहसँग आदिवासी जनजातिको सम्बन्ध र सरोकार, नीति कार्यक्रमको विषयमा छलफल भएको थियोे।
कार्यक्रमको समापन आदिवासी जनजाति महासंघ जिल्ला समन्वय समिति धनकुटाका अध्यक्ष नवीन किशोर शाक्यको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियोे। समापन कार्यक्रममा आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद अध्यक्ष थर्कमान श्रेष्ठ, नेपाल मगर संघ अध्यक्ष निम बहादुर राना, नेपाल मगर संघ, बौद्व सेवा समाजका अध्यक्ष लेख बहादुर गान्छाकी मगर, किरात राई यायोखा नगर सचिव चकेन्द्र राई लगायतले शुभकामना मन्तव्य राखेका थिए।
फोनिज धनकुटाका अध्यक्ष मालती मोक्तानले आदिवासी जनजातिहरुमा जागरुकता ल्याउन पाख्रीबास नगरपालिकाको सहयोगमा दुई दिने आदिवासी जनजाति हक अधिकार सम्बन्धि दुई दिने सचेतनामुलक कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो।
कार्यक्रममा सहभागीहरुको तर्फबाट बोल्दै पुष्पा घिसिङले नगरमा पहिलोपटक आदिवासी जनजाति सम्बन्धि हक अधिकार र नेपालको संविधानसमा समावेश गरिएको कुराहरू, कानूनका विषयमा बुझ्ने महत्त्वपूर्ण अवसर मिलाएकोमा नगरलिका र आयोजकलाई धन्यवाद दिएका छन्। उनले आगामी दिनमा यस्ता कार्यक्रम आवाश्यक रहेको बताइन्।
