२५ जेठ २०८२, पाँचथर। पत्रकार युद्ध बहादुर बोहोरा नयाँ बुलन्द अनलाइन पत्रकारिता पुरस्कार–२०८२ बाट पुरस्कृत भएका छन्।
इलामबाट सञ्चालित नयाँ बुलन्द टटकम अनलाइनको नवौं वार्षिकोत्सवको अवसरमा पत्रकार बोहोरा पुरस्कृत भएका हुन्। हरेक वर्ष वार्षिकोत्सवको अवसरमा वितरण गर्ने गरी नयाँ बुलन्द डटकमले स्थापना गरेको नयाँ बुलन्द अनलाइन पत्रकारिता पुरस्कारबाट यसपल्ट पत्रकार बोहोरा नगद दश हजार रुपैंयाँ राशी सहित पुरस्कृत भएका हुन्।
इलामको फाकफोकथुम गाउँपालिकाको सेवा केन्द्र आमचोकमा सम्पन्न नवौं वार्षिकोत्सव समारोहमा पत्रकार बोहोरालाई पुरस्कृत गरिएको नयाँ बुलन्द डटकमका सञ्चालक तथा सम्पादक राम योङहाङले बताए।
पाँचथरको फाल्गुनन्द गाउँपालिका र इलामको फाकफोकथुम गाउँपालिकाको सीमावर्ती बजार घुर्विसे पञ्चमीमा रहेर पत्रकारितामा सक्रिय बोहोरा पूर्वाञ्चल दैनिक, शिलापत्र अनलाइन र नयाँ बुलन्द डटकममा आबद्ध छन्। उनी प्रेस सेन्टर नेपाल, पाँचथरका अध्यक्ष समेत रहेका छन्।
