क्रिस ढुङ्गाना
७ असार २०८२, पाँचथर। लिम्बू पत्रकार संघ पाँचथरको अध्यक्षमा रजनी हाङसरुम्बा निर्वाचित भएका छन्।
शनिबार फिदिममा सम्पन्न संघको तेश्रो जिल्ला अधिवेशनले हाङसरुम्बाको अध्यक्षतामा नौ सदस्यीय नयाँ जिल्ला कार्यसमिति चयन गरेको हो।
संघको उपाध्यक्षमा भूपेन योङहाङ, सचिव इवारा जेबगु, सहसचिव मनेन्द्र केरुङ आहुती र कोषाध्यक्षमा सुष्मा हाङसरुम्बा सर्वसम्मत चयन भएका छन्।
सदस्यहरूमा इच्छा लिम्बू, तागेरा तावाहाङ, अशोक लावती र पदम दुःखी सम्बाहाम्फे चयन भएका नव निर्वाचित अध्यक्ष हाङसरुम्बाले जानकारी दिए। त्यस्तै प्रदेश महाधिवेशन प्रतिनिधिमा निवर्तमान अध्यक्ष उपेन्द्र एक्तेन, पूर्ण परिचित जबेगू र सम्झना योङहाङ चयन भएका छन्।
लिम्बू पत्रकार संघका संघीय अध्यक्ष सन्देश सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनमा प्रमुख अतिथि सुब्बा संगै नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का प्रदेश अध्यक्ष एवम् लिम्बू पत्रकार संघका तुम्याहाङ विजयबोध लाओती, अग्रज पत्रकार कबिन्द्र शेर्मा र फोनिज पाँचथरका सचिव सुबाश राई लगायतले नव निर्वाचित कार्य समितिलाई बधाई तथा शुभकामना दिएका थिए।