Advertisement Ad

Advertisement Ad

लिम्बू भाषा साहित्य, कक्षा-१२ को परीक्षा सम्पन्न

असार २०८२, पाँचथर। लिम्बू भाषा उच्च माध्यमिक शिक्षा बोर्डले  सञ्चालन गरेको शैक्षिक शत्र २०८१ को कक्षा१२ को लिम्बू भाषा साहित्य विषयको परीक्षा शुक्रबार सम्पन्न भएको छ।

बोर्ड अन्तर्गतका पाँचथर, इलाम, मोरङ, तेह्रथुम, ताप्लेजुङ धनकुटा  जिल्लाका आठ केन्द्रमा एक सय  विद्यार्थीले कक्षा१२ को लिम्बू भाषा साहित्यको परीक्षा लेखेका बोर्डका अध्यक्ष तथा सत्यहाङमा मावि इम्बुङ, पाँचथरका प्रधानाध्यापक अमिता सुब्बाले बताए। सत्यहाङमा मावि इम्बुङ परीक्षा केन्द्रमा २९ जना परीक्षार्थीले परीक्षा दिएका केन्द्राध्यक्ष हिक्मत वमले जानकारी दिए।

लिम्बू भाषा उच्च माध्यमिक शिक्षा बोर्ड अन्तर्गत पाँचथरको फाल्गुनन्द गापा इम्बुङस्थित सत्यहाङमा मावि, कुम्मायक गापा१ यासोकस्थित पृथ्वी मावि, फिदिम नपा१० याङनामस्थित खलङगाटार मावि, इलामको माङसेबुङ गापा स्थित सरस्वती मावि परीक्षा केन्द्रमा परीक्षा सम्पन्न भएको हो।

त्यस्तै फक्ताङलुङ गापा ताप्लेजुङको सिंवा मावि, ताप्लेजुङकै मेरिङदेन गापा थुकीमास्थित त्रिभुवन मावि, मोरङको केराबारी गापा पाटीगाउँस्थित सरस्वती मावि, तेह्रथुमको मेन्छ्यायेम गापा स्थित श्रीजुङ मावि धनकुटाको छथरजोरपाटी गापा३ ताङखुवास्थित सरस्वती मावि परीक्षा केन्द्रमा पनि लिम्बू भाषा साहित्य, कक्षा१२ को परीक्षा सम्पन्न भएको हो।

बोर्ड अध्यक्ष सुब्बाका अनुसार शनिबार कक्षा११ को परीक्षा हुनेछ। कक्षा११ मा १०६ जनाले लिम्बू भाषा साहित्यको परीक्षा दिनेछन्।