क्रिस ढुङ्गाना
५ असार २०८२, पाँचथर। कुम्मायक गाउँपालिका रोजगार शाखाको आर्थिक सहयोगमा क्षितिज नाट्य समूह पाँचथरले कुमायकगाउँपालिकास्थित यासोक बजारमा श्रमको सम्मान राष्ट्रिय अभियान भन्ने विषयमा सन्देशमूलक सडक नाटक मञ्चन गरेको छ।
नाटकको सुरुवातमा करिब ३०–३५ वर्ष उमेरको एक व्यक्ति साग खेती गरिरहेको देखाइएको छ। जो डिग्री पास गरेर पनि देशमै रोजगारगरेर बसिरहेका हुन्छन् । उनी देशमै बसेर महिनाको एक देखि डेढ लाख रुपैंयाँसम्म कृषि कर्मबाटै कमाई गरिरहेको देखाइएको छ।
अर्कोतर्फ २० देखि २२ वर्ष उमेरको जस्तो देखिने एक युवक घरमा आफ्ना बुढाबुवासँग विदेश जान ढिपी कसिरहेको देखाइन्छ र ती युवकविदेसिन्छन्। विदेश गएको कयौँ महिनासम्म ति युवक सम्पर्कविहीन रहन्छन् र अन्त्यमा ती युवकको मृत्यु भएको खबर आउँछ। तीयुवकको बुवा आफ्नो छोराको लाशमाथि रोइ कराई गर्छन् यतिकैमा नाटक अन्त्य हुन्छ।
नाटकको निर्देशन र लेखन कुमार ढकालले गरेका हुन्। नाटकमा कुमार ढकाल, बालकृष्ण बाँस्कोटा, रजनी हाङ्सरुम्बा, नारायणकाफ्ले र क्रिस ढुङ्गानाको अभिनय रहेको क्षितिज नाट्य समूह फिदिमका अध्यक्ष राजेन्द्र काफ्लेले बताए।