दक्षिण कोरिया १६ जून २०२५
किरात याक्थुङ चुम्लुङ,दक्षिण कोरियाको आयोजनामा लिम्बू जातिको मौलिक नाच के:लाङ (च्याब्रुङ नाच) प्रशिक्षण कार्यक्रम सुवन शहर स्थित उरी हिमालय रेष्टुरेण्टको सभाहलमा सम्पन्न भएको छ ।
के:लाङ (च्याब्रुङ नाच) प्रशिक्षण कार्यक्रम सुवन स्थित भेटघाट रेष्टुरेण्टको सभाहलमा प्रत्येक हप्ताको आइतबार अप्रिल २७ देखि जून १५ तारिक सम्म सञ्चालन गरी समापन गारिएको थियो ।
आफ्नो भाषा,लिपि,संस्कार,संस्कृति र परम्पराको संरक्षण र सम्वर्द्धन गर्नका लागि बिभिन्न कार्यक्रमहरु गर्ने क्रममा विगतका बर्षहरुमा झै यो बर्ष के:लाङ (च्याब्रुङ नाच) प्रशिक्षण कार्यक्रम गरिएको हो पहिलो चरणको प्रशिक्षण सफलता पूर्वक भएकोले आगामी दिनहरुमा फेरि प्रशिक्षण कार्यक्रमलाई निरन्तरता दिने अध्यक्ष बिनोद सौदेनले बताएका छन् ।
प्रवाशमा रहेर ब्यस्त समयका बाबजुत पनि आफ्नो कला,संस्कार,संस्कृति लाई जोगाउन के:लाङ प्रशिक्षणमा ३० जनाले सहभागीता जनाएको साँकृतिक विभाग प्रमुख सरोज योङहाङले बताउनु भएको छ ।
एक महिना पन्ध्र दिन सञ्चालन भएको कार्यक्रममा मुख्य प्रशिक्षक घनेद्र केरुङ थिए भने दीर्ज काङभा, बिरेन लिङदेन र उत्तम खजुम लिम्बू लगायतले सहायक प्रशिक्षकको रुपमा प्रशिक्षण दिएका थिए ।