किरात गोल्डकपको फाइनल आज, उपाधिका लागि झापा र मोरङ भिंड्दै

२३ मंसिर २०८०, पाँचथर। सदरमुकाम फिदिममा जारी प्रथम वाइ वाइ अन्तराष्ट्रिय आमन्त्रण किरात गोल्डकपको फाइनल खेल आज (शनिबार) हुँदैछ। फिदिम खेलमैदानमा दिउँसो २ः३० बजेदेखि हुने उपाधी भिंडन्तका लागि झापाली टोली बिर्तामोड युनाइटेड क्लव र मोरङको डाँगीहाट फुटवल क्लव (डीएफसी) तयार…

अजम्बरी धुन

राज दिलाञ्जली आज उनी मरीन् । साँच्चै उनको अस्तित्व छैन अब यो दुनियाँमा । कति सहजै पेन्सिलले कोरिएका अक्षरहरुझैं मेटियो एउटा नश्वर जीवनको अस्तित्व । मिर्मिरे उज्यालो नहुँदै देखि सडकमा कुकुरहरु एक अब्यक्त पीडामा शोकगीत गाउँदै रोइरहेको प्रतीत हुन्थ्यो ।…

पत्रकार देवानमाथि आक्रमण गर्ने तीन जना विरुद्ध किटानी जाहेरी

२२ मंसिर २०८०, विराटनगर। आवर विराटनगरका समाचार संयोजक पत्रकार प्रेम देवानमाथि सुनियोजित ढंगबाट आक्रमण गर्ने तीनजना विरुद्ध किटानी जाहेरी दर्ता गरिएको छ । विराटनगर महानगरपालिका परिसरमा आन्दोलनरत पक्षमा सामेल भएका रमेश मण्डल, अभिमन्यु यादव र मो.रायन विरुद्ध जिल्ला प्रहरी कार्यलयमा…

याङवरकमा पहिचानका लागी युवा दस्ता गठन

२२ मंसिर २०८०, पाँचथर। जिल्लाको याङवरक गाउँपालिकामा पालिकास्तरीय पहिचानका लागि युवा दस्ता गठन गरिएको छ। याङवरक गाउँपालिकाको केन्द्र थर्पु बजारमा बिहीबार सम्पन्न पहिचानवादीहरुको भेलाले प्रकाश योङहाङको संयोजकत्वमा ६९ सदस्यीय समिति गठन गरेको हो। समितिको सह–संयोजकमा नरकुमार माङमु, नवीन काम्बाङ, सन्तोष…

सुयनको ‘तिमी मेरो’को भिडियो सार्वजनिक (भिडियो सहित)

२२ मंसिर २०८०, पाँचथर। पाँचथरे गायक सुयन आङदेम्बेको ‘तिमी मेरो’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ। बुद्धराज लिम्बूको शब्द, संगीत र एरेन्ज रहेको गीतको भिडियोको निर्देशन पनि बुद्धराज आफैंले गरेका छन्। उक्त भिडियोमा सुयनसँगै जेसिका योङहाङले अभिनय गरेका छन्। निशान…

किरात गोल्डकपः झापा फाइनलमा

२१ मंसिर २०८०, पाँचथर। झापाको बिर्तामोड युनाइटेड क्लव पाँचथर सदरमुकाम फिदिममा जारी प्रथम वाइ वाइ अन्तराष्ट्रिय आमन्त्रणकिरात गोल्डकपको फाइनल प्रवेश गरेको छ । बिहीबार भएको प्रतियोगिताको अन्तिम सेमीफाइनल खेलमा ताप्लेजुङको कर्णसिं सोनाम स्मृति क्लवलाई २–१ ले स्तब्ध बनाउदैबिर्तामोड उपाधी नजिक…

पत्रकार देवानमाथि भएको आक्रमणको फोनिजद्वारा भत्र्सना

२१ मंसिर २०८०, विराटनगर। पत्रकार प्रेम देवानमाथि बिहीबार विराटनगरमा भएको आक्रमणको घटनाको नेपाल आदिवासी जनजाति पत्रकार महासंघ ९फोनिज० प्रदेश समितिले भत्र्सना गरेको छ। फोनिजले विज्ञप्ती जारी गर्दै फोनिज प्रदेश समिति कोषाध्यक्ष तथा विराटनगरबाट ओबी मिडियाद्वारा सञ्चालित आवर विराटनगर डट नेटका…

किरात गोल्डकपः आज फाइनल प्रवेशका लागि बिर्तामोड युनाइटेड र ताप्लेजुङ भिंड्दै

२१ मंसिर २०८०, पाँचथर। सदरमुकाम फिदिममा जारी प्रथम वाइ वाइ अन्तराष्ट्रिय आमन्त्रण किरात गोल्डकपको अन्तिम सेमीफाइनल खेल आज (बिहीबार) हुँदैछ। फिदिम खेलमैदानमा दिउँसो २ः१५ देखि सुरु हुने खेलमा कर्णसिं सोनाम स्मृति क्लव ताप्लेजुङले झापाली टोली बिर्तामोड युनाइटेडको सामना गर्दैछ। इलामको…

ट्राईब्रेकरमा पाँचथर निरास, डाँगीहाट एफसी प्रथम किरात गोल्डकपको फाइनलमा

२० मंसिर २०८०, पाँचथर। आयोजक पाँचथर फुटवल क्लवलाई ट्राइब्रेकरमा निरास पार्दै मोरङको डाँगीहाट फुटवल क्लव (डिएफसी) पाँचथर सदरमुकाम फिदिममा जारी प्रथम वाइ वाइ अन्तराष्ट्रिय आमन्त्रण किरात गोल्डकपको उपाधी नजिक पुगेको छ । सदरमुकामस्थित फिदिम खेलमैदानमा बिहीबार भएको प्रतियोगिताको पहिलो सेमीफाइनल…

धरानमा थरगत सयङहरुको दोस्रो भेला हुँदै

२० मंसिर २०८०, पाँचथर। सुनसरीको धरानमा लिम्बू थरगत संस्था (याक्थुङ सयङ) हरुको दोस्रो भेला हुँदैछ। मंसिर २३ र २४ गते दुई दिनसम्म भेला चल्ने लिम्बू थरगत संस्था (याक्थुङ सयङ) सहजीकरण समूहले जनाएको छ। यसअघि २०७८ मंसिर १७, १८ र १९…