२६ पुस २०८०, धरान। किरात याक्थुङ चुम्लुङको साँस्कृतिक विभाग लिम्बु साँस्कृतिक परिषदको चौंथो राष्ट्रिय महाअधिवेशन बुधबार धरानमा सम्पन्न भएको छ ।
धरानस्थित चुम्लुङहिममा सम्पन्न महाधिवेशनको बन्द शत्रले सागर केरुङको अध्यक्षतामा नयाँ कार्य समिति निर्वाचित गरेको छ । नवनिर्वाचित कार्य समितिको उपाध्यक्षमा भवानी बिक्रम सम्बाहाम्फे, कुमार हुक्पा चोङ्बाङ, महासचिवमा कन्चन थलङ र कोषाध्यक्षमा उदय बेघा निर्वाचित भएका छन्।
त्यस्तै सदस्यहरुमा दिलु सुब्बा, चईन धोज फोम्बो, डि.आर. हाङ्सरुम्बा, बबिन आङदेम्बे, बौधमान हुक्पा चोङबाङ र डिक बहादुर थोक्लेन निर्वाचित भएका छन् । केहि पदाधिकारी र सदस्य आगामी बैठकले मनोनीत गर्ने नव निर्वाचित अध्यक्ष केरुङले बताए ।