Advertisement Ad

Advertisement Ad

लोकप्रेमी काइँलाको शब्द–संगीतमा ‘पूर्वमा राम्रो पाँचथर’ (भिडियो सहित)

२७ पुस २०८०, पाँचथर। गीतकार तथा संगीतकार लोकप्रेमी काइँलाको पूर्वेली लोक गीत ‘पूर्वमा राम्रो पाँचथर’ गीतको भिडियो हालै सार्वजनिक भएको छ।

लोकप्रेमी काइँलाको शब्द–संगीत रहेको गीतमा कृष्णभक्त राईले स्वर दिएका छन्। गीतले सुदूरपूर्वको पहाडी जिल्ला पाँचथरको भौगोलिक, धार्मिक, साँस्कृतिक, ऐतिहासिक, मुन्धुमिक एवंम् प्राकृतिक सुन्दरताको वर्णन गरेको छ। गीतको भिडियोले दर्शकलाई पाँचथरका विभिन्न रमणीय स्थान विचरण गराउछ।

सिदिन स्टुडियो फिदिम, पाँचथरले बनाएको उक्त भिडियोको ड्रोन अपरेटिङ् फुङ्सो जबेगु र भूपेन लिम्बूले गरेका छन्। भिडियो सम्पादन भूपेन लिम्बूको रहेको छ। उक्त भिडियोलाई स्टुडियो किङ युट्युब च्यानल मार्फत् सार्वजनिक गरिएको छ।

पाँचथर जिल्लाको पर्यटन प्रबद्र्धनका लागि सहयोग पुगोस भन्ने उदेश्यले गीत तथा भिडियो निर्माण गरिएको गीतकार तथा संगीतकार लोकप्रेमी काइँलाले बताए।

भिडियोः