Advertisement Ad

Advertisement Ad

पाँचथरको आरुबोटेमा श्रीमानले गरे श्रीमतीको हत्या

२७ पुस २०८०, पाँचथर। जिल्लाको मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेमा श्रीमानले श्रीमतीको हत्या गरेका छन्।

तुम्बेवा गाउँपालिका–५ हाङगुमका असफल कुरुम्बाङले आफ्नै श्रीमती गोमा फियाकको हत्या गरेको प्रहरीले जनाएको छ। पारिवारिक बिवाद भएपछि मिलाउन बसेको बेला असफलले धारिलो हतियार प्रहरी गरी गोमाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरिक्षक सुमित कुुसुवाले बताए।

घटनामा गोमाका आमा कान्छीमाया फियाक र छिमेकी महेन्द्र श्रेष्ठ गम्भिर घाइते भएका छन्। उनीहलाई उपचारका लागि झापा पठाइएको मिक्लाजुङ–३ का वडाअध्यक्ष जीवन फियाकले बताए। हत्यामा संलग्न कुरुम्बाङ फरार रहेका छन्।