Advertisement Ad

चलचित्र ‘सुगुप’ को प्रदर्शन हङकङबाट सुरु गरिने

Advertisement Ad

२९ पुस, २०८० हङकङ । चोकफुङ ईन्टरटेनमेन्ट प्रा.लि. को ब्यानरमा रबिनकुमार नाल्बोद्वारा प्रस्तुत लिम्बू साँस्कृतिक नेपाली कथानक चलचित्र ‘सुगुप’ को प्रदर्शन हङकङ बाट सुरु गरिने भएको छ।

हङकङमा आयोजित पत्रकार सम्मेलनमा प्रस्तुतकर्ता रबिनकुमार नाल्बोले आफ्नो प्रेसवतव्य प्रस्तुत गर्दै सो कुरा जानकारी गराएका हुन । लिम्बू भाषा संस्कार संस्कृतिको सम्बर्द्धन तथा भावी पुस्तामा हस्तान्तरण गर्ने उदेश्यले निर्माण गरिएको सामाजिक तथा पारिवारिक चलचित्र ‘सुगुप’ मा १ करोड लगानी गरिएको प्रस्तुतकर्ता नाल्बोले बताए ।

लोकेन साँबाको कथा निर्देशन रहेको सुगुपको पटकथा देबेन्द्र खापुङले लेखेका हुन भने युवराज राई बिरबहादुरको छाँयाङकन रहेको छ। चलचित्र ‘सुगुप’ मा यासेली योङहाङ र जानु काम्बाङको गीतमा अशोक लोहरुङ राईले संगीत भरेका छन ।गितमा राजेसपायल राई, अन्जु पन्त, मनु नेम्बाङ, सुनिता थेगीम, भिम लिम्बू , रुकमान लिम्बू लगायतको आवाज सुन्न सकिन्छ। चलचित्रमा नृत्यनिर्देशन भने कमल राईले गरेका हुन ।
नेपाल तथा भारतमा छाँयाङकन गरिएको ‘सुगुप’ मा प्रेम सुब्बा, यासेली योङहाङ, मौसम ईम्बुङ लिम्बु(फुलेन्देको बाउ), बबिता नेयोङहाङ, डम्बरकुमारी पयाङगो मेन्याङबो, निता लिम्बू, एमके योङहाङ, तिर्थ मादेम्बा, रुकमान लिम्बू, सैलेन्द्र कुमार नाल्बो, सुम्निमा खापुङ, योमन सोदेम्बा, उदय बेघा, रबिन कुमार नाल्बो, लगायतका कलाकारले अभिनय गरेका छन ।
बिपिन मल्लले सम्पादन गरेको ‘सुगुप’ चलचित्रमा सुनयमान श्रेष्ठले साउण्ड डिजाइन गरेका हुन । सिक्किम, बेलायत र नेपालमा पनि चाँडै प्रदर्शन गरिने प्रस्तुकर्ता नाल्बोले बताए ।

सैलेन्द्र कुमार नाल्बो र दिलमाया लाबुङ नाल्बोको निर्माण गरेको चलचित्रमा एल पि साँबा लिम्बू, मनिसा सुब्बा नाल्बो, श्री प्रसाद माबो, राम प्रसाद पंधाक सहनिर्माता रहेका छन ।

चलचित्र ‘सुगुप’ हङकङमा १० फेब्रुअरी २०२४ शनिवार बेलुकी ५:०० बजे र ७:०० बजे GH wahmpoa cinema wahmpo plaza को हल १,२,३,४ मा प्रदर्शन हुने कलाकार मौसम इन्म्बुङ्ले बताए ।