– चन्द्रकला नेम्बाङ
जो सँग
मेरो लिनु र दिनु केहि छैन
उसैले बारबार पछ्याइरह्यो
जसलाई
म प्रिय साथी सम्झन्थें
उसैले दुश्मनी साँधीरह्यो
जो सँग
प्रतिस्पर्धा गर्न कहिल्यै आवस्यक ठानिंन
उसैले सदा प्रतिस्पर्धा गरिरह्यो
जसलाई
मैले कहिल्यै मेरो पछि राखिन
उसैले पटक–पटक खुट्टा तानिरह्यो
अब त यस्तो लाग्यो
उ भन्दा म धेरै अगाडि आइसकेछु
उ भन्दा म निकै माथि पुगिसकेछु
नत्र
मेरा दुःखहरुमाथि पनि
किन डाहा जन्माइरहन्थ्यो उ ?