Advertisement Ad

ऐतराज केरुङ स्मृति गजल पुरस्कारको नवौं संस्करण लोकेन्द्र बञ्जरालाई प्रदान गरिने

Advertisement Ad

३ भदौ २०८०, पाँचथर । पाँचथर गजल मञ्चले हरेक वर्ष वितरण गर्दै आएको ऐतराज केरुङ स्मृति गजल पुरस्कार यस वर्ष गजलकार लोकेन्द्र बञ्जरालाई प्रदान गरिने भएको छ ।

मञ्चले आइतबार प्रेस नोट जारी गर्दै उक्त पुरस्कारको नवौं संस्करणबाट गजलकार बञ्जरालाई पुरस्कृत गर्ने निर्णय भएको जनाएको छ । पुरस्कार आगामी भदौ २८ गते १५७ औं मोतीजयन्तीको अवशरमा बिशेष समारोहकाबीच वितरण गरिने मञ्चका उपाध्यक्ष पवित्रा प्रयत्न गुरुङले बताइन् । पुरस्कारको राशी सम्मानपत्र सहित नगद आठ हजार ८८८ रुपैंयाँ रहेको छ ।

दमक, झापाका गजलकार बञ्जरा अढाइ दशकदेखि गजल लेखनमा सक्रिय छन् । उनका आँखाभरी सपना (२०६२), जैतुन (२०७३) र पलक (२०८०) गजल कृति प्रकाशित छन् ।

यो पुरस्कारबाट यसअघि मदन मुच्र्छना (पाँचथर), सुन्दर कुरुप (इलाम), सुमित्रा वाङदेल चेली (झापा), राबत (नुवाकोट), प्रकट पँगेनी शिव (कास्की), ललीजन रावल (काठमाडौं), प्रेम ओझा (पाँचथर) र लेकाली कान्छा मुक्कुम (ताप्लेजुङ) पुरस्कृत भइसकेका छन् ।

पाँचथर गजल मञ्चका संस्थापक अध्यक्ष मधुराज केरुङ र लेखक सागर केरुङ लगायत परिवारले आफ्ना दिवाङ्गत पिताको स्मृतिमा ऐतराज केरुङ स्मृति गजल पुरस्कार स्थापना गरेका हुन् ।

प्रेस नोट हेर्नुहोस :