Advertisement Ad

Advertisement Ad

पाँचथरे गायक नोगेन द भ्वाइस अफ् नेपाल सिजन–५ को नकआउट चरणमा

२ मंसिर २०८०, पाँचथर। पाँचथरे गायक नोगेन हाङसरुम्बा जारी द भ्वाइस अफ् नेपाल सिजन–५ को ब्याटल राउण्ड पार गर्दै नकआउट चरणमा प्रवेश गरेका छन्।

टिम प्रमोदमा रहेका नोगेन शुक्रबार सम्पन्न ब्याटल राउण्डबाट नकआउटमा प्रवेश गरेका हुन्। पहिलोपल्ट द भ्वाइस अफ् नेपालको स्टेज उक्लेका नोगेनको प्रस्तुतीलाई धेरैले मन पराएका छन्।

सानैदेखि संगीतमा लागेका नोगेन घरपरिवार र साथीभाईको आग्रहमा द भ्वाइस अफ् नेपालमा सहभागि भएको बताउछन्। पहिलो प्रयासमै यतिसम्मको सफलता मिल्दा उत्साहित बनेका नोगेन उपाधीका लागि सक्दो प्रयास गर्ने बताउछन्।

यसअघि नै थुप्रै गीतहरुमा स्वर दिइसकेका नोगेनको स्वरलाई धेरैले मन पराएका छन्।