Advertisement Ad

वासाङ्गु द्वितीय मेला भलिवलको उपाधी फाल्गुनन्दलाई

Advertisement Ad

२ मंसिर २०८०, पाँचथर। जिल्लाको फाल्गुनन्द गाउँपालिका ६ र ७ को संगमस्थल वासाङ्गुमा त्रिवेणी युवा क्लवको आयोजनामा सम्पन्न पालिकास्तरीय आमन्त्रण द्वितीया मेला भलिवल प्रतियोगिताको उपाधी फाल्गुनन्द गाउँपालिकाले जितेको छ।

शनिबार सम्पन्न प्रतियोगिताको फाइनल खेलमा पाँचथरको कुम्मायक गाउँपालिकालाई २५–१६, २५–२२ र २५–२१ को सोझो सेटमा पराजीत गर्दै फाल्गुनन्द गाउँपालिकाले उपाधी उचालेको हो। जीतसँगै फाल्गुनन्दले ट्रफि, मेडल र प्रमाणपत्र सहित नगद १ लाख १५ हजार ५१५ रुपैंयाँ प्राप्त गरेको छ। उपबिजेतामा सिमित हुन पुगेको कुम्मायकले ट्रफि,मेडल र प्रमापत्र सहित नगद ६५ हजार ५६५ रुपैंयाँमा चित्त बुझाउनुपर्यो।

विजयी खेलाडीहरुलाई समापन समारोका प्रमुख अतिथि फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष बिर्जहाङ आङदेम्बे र आयोजक संस्थाका अध्यक्ष अमर आङदेम्बे लगायतले पुरस्कार वितरण गरेका थिए।