Advertisement Ad

चलचित्र ‘के’ युट्युवमा सार्वजनिक

Advertisement Ad

१ भदौ  २०८०, पाँचथर ।  लिम्बू चलचित्र ‘के’ युट्युवमा सार्वजनिक भएको छ ।

शुक्रबार याक्थुङ फिल्म्स् प्रा.लि.को युटुब च्यानल याक्थुङ फिल्म्स बाट सार्वजनिक गरिएको हो । याक्थुङ फिल्म्सद्वारा निर्मित चलचित्र ‘के’ ले यसअघि अन्तर्राष्ट्रिय आदिवासी जनजाति चलचित्र महोत्सव अमेरिकामा उत्कृष्ट चलचित्र अवार्ड, नेपाल आदिवासी जनजाति चलचित्र महोत्सवमा उत्कृष्ट चलचित्र अवार्ड, एफएलएफ अवार्डमा उत्कृष्ट कथा अवार्ड, उत्कृष्ट लेखन, निर्देशन अवार्ड, जोमोगान अवार्ड थाइल्यान्डमा जोमो अवार्ड, उत्कृष्ट सोसियल मेडिया फिल्म अवार्ड लगायत पुरस्कारहरू प्राप्त गरिसकेको छ ।

सागर केरुङको लेखन, निर्देशन र निर्माण रहेको रहेको यस चलचित्रमा मधु केरुङ, बबिता फोम्बो, रुपा आङबुहाङ, सुक्मिता केरुङ, मनकुमार केरुङ, प्रेम ओझा, कमल घिमिरे, दिपक खनाल लगायतले अभिनय गरेका छन् भने सञ्जय आचार्यको छायाङकन, प्रनिश लिम्बुको सम्पादन, टाइसन केरुङ र बुद्धराज लिम्बूको निर्माण, सन्देश सुब्बाको सहनिर्देशन र डिआर हाङरुम्बाको मूख्य सहनिर्देशन रहेको छ ।

पूरा फिल्म हेर्नुहोसः