१६ पुस २०८०, ताप्लेजुङ। ताप्लेजुङमा निर्माणधिन मध्यतमोर जलविद्युत आयोजनामा कार्यरत एक मजदुरको तमोर नदीमा खसेर मृत्यु भएको छ।
मृत्यु हुनेमा भारतको पश्चिमबंगाल राज्यको माल्टा टाउन बस्ने २२ बर्षीय मुकेश शाही रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी बमलकुमार लुङ्गेलीले जानकारी दिए।
जलविद्युत आयोजनाको हान्द्रुङस्थित विद्युत पावरहाउस नजिकै विद्युतीय तारबार मिलाउने क्रममा साथीलाई डोरी फालिदिंदा शाही चिप्लिएर नदीमा खसेका थिए। उनलाई नदीले झण्डै ३ सय मिटर बगाएको थियो।
पोष्टमार्डमपछि शाहीको शव आफन्तलाई जिम्मा दिइने जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी लुङ्गेलीले बताए।
