Advertisement Ad

कियाचु दक्षिण कोरियाले मनायो चासोक तङनाम

Advertisement Ad

अर्जुन तुम्बापो

१७ पुस २०८०, सौल। किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाले डिसेम्बर ३१ मा याक्थुङ (लिम्बू) जातिको महान पर्व चासोक तङनाम भब्य रुपले मनाएको छ।

दक्षिण कोरियाको सौलस्थित सन्बुक खुछङको हलमा चासोक तङनाम मनाइएको हो। साम्बा प्रकाश मेन्याङ्बो द्वारा याक्थुङ (लिम्बू) जातिको मौलिक बिधिबाट चासोक अनुष्ठान गरी कार्यक्रमको सुरुवात गरिएको थियो। कार्यक्रममा मौलिक याक्थुङ (लिम्बू) परिकारहरु राखिएका थिए। याक्थुङ (लिम्बू) जातिको साँस्कृतिक नाच केःलाङ (च्याब्रुङ नाच) र या?लाङ (धाननाच) प्रस्तुत गरिएको थियो।

चासोक तङनाम विशेष कार्यक्रममा प्रस्तुती दिन दक्षिण कोरिया आएका द भ्वाइस अफ् नेपाल सिजन–४ का फाइनलिस्ट शाइल लिम्बूको सांगीतिक प्रस्तुतीले कार्यक्रममा सांगीतिक माहोल थपेको थियो। कार्यक्रममा उपस्थित दक्षिण कोरियास्थित नेपालीहरु शाइलको प्रस्तुतीसँगै नाचेका थिए। कार्यक्रममा गायक पेपराज माबुहाङ, भीम सागर मादेम्बा, मन्दिरा नेम्बाङ, युगल किशोर शेर्मा र आलाप लिम्बूले पनि प्रस्तुती दिएका थिए।

त्यस्तै किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियास्थित बुसान शाखाले केःलाङ (च्याब्रुङ नाच) र किरात राई यायोक्खा दक्षिण कोरियाले साकेला नृत्य प्रस्तुत गरेका थिए। कार्यक्रममा प्रमुख अतिथि कोरिया स्थित नेपाली राजदूत डा.ज्योति प्याकुरेल, नेपाल आदिवासी जनजाति महासंघ कोरियाका अध्यक्ष विशन राई, एनआरएन कोरियाका अध्यक्ष वुद्धि गुरुङ, नेपाली सम्पर्क समितिका अध्यक्ष हरि खनाल, कियाचु बुसान शाखा अध्यक्ष सञ्जोग कन्दङवा र जेजु दो शाखा अध्यक्ष नवीन थोक्लेन लगायतले चासोकको शुभकामना दिएका थिए।

कार्यक्रम किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाका अध्यक्ष दिर्ज काङ्भाको अध्यक्षतामा सम्पन्न भएको वरिष्ठ उपाध्यक्ष सन्तोष खेवाले जानकारी दिए।