Advertisement Ad

यू–१९ महिला फुटवलः पाँचथरका पाँच खेलाडी केन्द्रीय छनौंटमा 

Advertisement Ad

१७ पुस २०८०, पाँचथर। सुनसरीको धरानस्थित एन्फा एकेडेमीमा भएको प्रदेशस्तरीय यू–१९ महिला फुटवल खेलाडी छनौंटबाट पाँचथरका ५ खेलाडी छानिएका छन्।

प्रदेश फुटवल संघले पुस १५ गते गरेको छनौंट कार्यक्रममा प्रदेशभरीबाट ३२ खेलाडी केन्द्रीय छनौंटका लागि छानिएका हुन्। त्यसमा पाँचथरका ५ खेलाडीले पनि आफ्नो स्थान सुरक्षित गरेका हुन्।

केन्द्रीय छनौंटका लागि छानिएका पाँचथरका ५ खेलाडीमा दिक्षा कुरुम्बाङ (फाल्गुनन्द), पवित्रा लिम्बू (फालेलुङ), अम्बिका लाओती (हिलिहाङ), स्मारिका लिम्बू (फिदिम) र रेखा मगर (मिक्लाजुङ) छन्।

अब उनीहरुले साफ यू–१९ महिला च्याम्पियनसिप २०२४ का लागि पुष १८ देखि काठमाण्डौमा हुने केन्द्रीय छनौंटमा सहभागि हुुनुपर्नेछ।