Advertisement Ad

Advertisement Ad

समाजवादी युवा संघले मुक्कुमलुङमा केवलकार निर्माण गर्न नदिने

८ माघ २०८०, पाँचथर। समाजवादी युवा संघ १ नं.प्रदेश समितिले ताप्लेजुङमा अवस्थित मुक्कुमलुङ (पाथीभरा) मा केवलकार निर्माण गर्ने कार्यको प्रतिरोध गर्ने भएको छ।

आइतबार एक प्रेस विज्ञप्ती जारी गर्दै संघले याक्थुङ (लिम्बू) जातिको शक्तिस्थल एवंम् मुन्धुममा वर्णित पवित्रस्थल मुक्कुमलुङको प्राकृतिक संरचना ध्वस्त गर्ने, त्यहाँको वनस्पतिक विविधतालाई नष्ट गर्ने र मुन्धुमीस्थलको अतिक्रमण गर्ने गरी केवलकार बनाउन नदिने जनाएको छ।

समाजवादी युवा संघ, प्रदेश नं.१ का अध्यक्ष टाइसन केरुङ र मूख्य सचिव अमिर मगरद्वारा हस्ताक्षरित विज्ञप्तीमा मुक्कुमलुङ बचाऔं आन्दोलनमा उच्च मनोवलकासाथ सरिक हुन समेत न्यायप्रेमी जनताको नाममा आग्रह गरेको छ। मुक्कुमलुङमा केवलकार निर्माण हुँदा मुक्कुमलुङको अस्तित्व मेटिने, सिमित व्यक्तिलाई फाइदा हुने तर स्थानीयलाई कुनै फाइदा नपुग्ने उल्टै ठूलो मूल्य चुकाउनुपर्ने संघको दाबि छ।

विज्ञप्तीमा स्थानीय जनता एवंम् मुक्कुमलुङ बचाऔं आन्दोलनको भावना विपरित जबरजस्ती केवलकार निर्माण गर्न खोजिए त्यसबाट उत्पन्न परिस्थिति र परिणामको सम्बन्धीत पक्षले नै जिम्मा लिनुपर्ने समेत चेतावनी दिइएको छ। कथित विकासको नाममा मुक्कुमलुङमा केवलकार निर्माण गर्ने कार्यको सशक्त प्रतिरोध गर्ने समेत संघले जनाएको छ।

राज्यपक्षबाट निरन्तर अतिक्रमित हुँदै आएको मुक्कुलुङमाथि पछिल्लोपटक व्यापारिक कम्पनीलाई अघि सारेर केवलकार निर्माणको नाममा यसको मौलिकता, पहिचान र अस्तित्वलाई नै नामेट पार्न खोजिएकाले यसलाई कुनै हालतमा पूरा हुन नदिने समाजवादी युवा संघ, प्रदेश नं.१ का अध्यक्ष टाइसन केरुङले बताए।

विज्ञप्तीः