Advertisement Ad

Advertisement Ad

कालोपत्रेका लागि काम भइरहेको तमोर करिडोरमा बजेट अभाव

१४ माघ २०८०, पाँचथर। पूर्वी पहाडलाई प्रदेश राजधानीसँग जोड्ने द्रुतमार्ग, निर्माणधिन तमोर करिडोर सडक कालोपत्रेका लागि बजेटको समस्या देखिएको छ ।

तमोर करिडोर सडकको मुलघाट–पाँचथर खण्डको १ सय १२ किलोमिटर सडक कालोपत्रेको काम भइरहेको छ । गत बर्षको कात्तिकदेखि तीन बर्षमा काम सम्पन्न गर्ने गरी काम भइरहेको उक्त सडक कालोपत्रेका लागि बजेट अभाव भएको तमोर करिडोर अयोजनाले जनाएको छ । उक्त सडक कालोपत्रेसम्मको काम ४ अर्ब १६ करोड लागतमा काम सुरु भएको थियो ।

आयोजना प्रमुख प्रदीप निरौलाका अनुसार गत बर्ष कालोपत्रेका लागि सडक स्तरोन्नती गर्न ४८ करोडको काम भएकोमा चालु आर्थिक बर्ष २०८०/८१ मा ५८ करोड रुपैंयाँ बिनियोजन भएको थियो । जसमध्ये ४० करोड रुपैंयाँ पुस मसान्तसम्मका खर्च भइसकेको छ । बिनियोजित रकममध्ये अब १८ करोड रुपैंयाँ बाँकि रहेकोमा निर्माण व्यवसायीलाई तिर्नुपर्ने रकम नै २५ करोड रुपैंयाँ रहेको आयोजना प्रमुख निरौलाले बताए ।

बजेट अभावका कारण आयोजनाको काम प्रभावित हुने देखिएपछि चालु आर्थिक बर्षका लागि सरकारलाई १ अर्ब २० करोड रुपैंयाँ बजेट माग गरिएको आयोजना प्रमुख निरौलाको भनाई छ ।