Advertisement Ad

Advertisement Ad

पाँचरका एक व्यक्तिले श्रीमतीलाई खुकुरी प्रहार गरी आत्महत्या गरे

१४ माघ २०८०, पाँचथर। जिल्लाको फालेलुङ गाउँपालिका–२, जोरपाटीका एक व्यक्तिले आफ्नै श्रीमतीलाई खुकुरी प्रहार गरी सक्त घाइते बनाएर आफूले आत्महत्या गरेका छन्।

जोरपाटी बस्ने ४० बर्षीय मान बहादुर गुरागाईंले शनिबार आफ्नै श्रीमती ३६ बर्षीया बिमला गुरागाईंलाई खुकुरी प्रहार गरी घाइते बनाएका थिए। जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार खोजतलासको क्रममा मान बहादुरलाई आइतबार बिहान घर नजिकै जङ्गलमा झुण्डिएर आत्महत्या गरेको अवस्थामा भेटिएको थियो।

टाउको र बाँया हातमा गहीरो चोट लागेकी बिमलाको सुदमुकामस्थित जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि झापा रेफर गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको पाँचथर प्रहरीले जनाएको छ।