Advertisement Ad

किरात धर्मका अभियन्ता सन बहादुर तुम्बापोको १०१ औं जन्मजयन्ती मनाइयो

Advertisement Ad

२१ माघ २०८०, पाँचथर। किरात धार्मिक सुधार अभियानलाई योगदान दिएका स्व.सन बहादुर तुम्बापोको १०१ औं जन्मजयन्ती तथा स्व.कर्ण बहादुर तुम्बापो र स्व.थामोतसिं तुम्बापोको स्मृति कार्यक्रम शनिबार सम्पन्न भएको छ।

फिदिम नगरपालिका–५ चोकमागु, तीनघरेमा आयोजित कार्यक्रममा स्व.सन बहादुर तुम्बापोको योगदानको चर्चा गरिएको थियो। कार्यक्रमका प्रमुख अतिथि, सिलौटी माङ्हिमका अध्यक्ष तथा गुरु निजी आश्रम माङसेबुङका सेवासाबा भगिहाङ नेम्बाङ ‘रानीटारे साइँला’, राष्ट्रिय विभूती फाल्गुनन्दका जीवनी लेखक रमेश तुम्बापो, फिदिम–५ का वडाअध्यक्ष भरत तुम्बापो, किरात साम्यो तुम्बापो सयङ सङजुम्भोका अध्यक्ष किर्तिबिक्रम तुम्बापो र तुम्बापो समाज सेवा संघका केन्द्रीय महासचिव, किरात याक्थुङ चुम्लुङ पाँचथरका सचिव सुवाश तुम्बापोले सन बहादुर तुम्बापोको योगदानको चर्चा गरेका थिए।

सन बहादुरले वर्तमान किरात धर्मगुरु आत्मनन्द लिङदेनको धार्मिक सुधार अभियानमा जोडिएर योगदान पुर्याएका थिए। वर्तमान किरात धर्मका गुरु आत्मनन्दका प्रथम चेला स्व.डिल्ली प्रसाद तुम्बापो (जौबारी कान्छा) का परम मित्र सन बहादुरले वि.सं.२०३७ सालमा चोकमागुको तीनमैलेमा चोकमागुका पूर्व गाविस अध्यक्ष याम कुमार तुम्बापो, जहरमान तुम्बापो लगायतसँग मिलेर किरात धर्म तथा साहित्य उत्थान संघको पहिलो कार्यालय स्थापना गरेका थिए। जन्मजयन्ती एवंम् स्मृति कार्यक्रमको अवशरमा साबिक चोकमागु गाविसका पूर्व गाविस अध्यक्ष याम कुमार तुम्बापोलाई सम्मान समेत गरिएको थियो।

स्व.सन बहादुर तुम्बापो जन्मजयन्ती समारोह आयोजक समिति गठन गरी पहिलोपल्ट जन्मजयन्ती मनाइएको हो। आगामी दिनमा सन बहादुरले पुर्याएका योगदानहरुलाई दस्तावेजिकरण गर्न स्मारिका समेत प्रकाशन गर्ने तयारी रहेको बताइएको छ। मबिन तुम्बापोको स्वागत मन्तब्यसँगै सुरु भएको कार्यक्रम बिर्जहाङ तुम्बापोको अध्यक्षतामा सम्पन्न भएको थियो।