Advertisement Ad

Advertisement Ad

तामाङ घेदुङ जेजु दो ले आपतकालीन राहतकोष सहयोगार्थ साँस्कृतिक कार्यक्रम गर्ने

अर्जुन तुम्बापो

४ फ्रेबुअरी २०२४, दक्षिण कोरिया (जेजु दो)। नेपाल तामाङ घेदुङ जेजु दो शाखा दक्षिण कोरियाको आयोजनामा मञ्जुश्री संवत २८६० औ (डुक ल्हो) ड्राइगन वर्ग सोनाम ल्होछारको अवसरमा ‘आपतकालीन राहतकोष सहयोगार्थ’ साँस्कृतिक कार्यक्रम हुने भएको छ।

सलनालको तेस्रो दिन फ्रेबुअरी ११ मा जेजु दो को Astar Hotel मा सोनाम ल्होछार बृहत् साँस्कृतिक कार्यक्रम को तयारी तिब्र पारिएको हो। कार्यक्रममा चर्चित गायक उर्गेन दोङको विशेष प्रस्तुति रहने छ। नेपालबाट आमन्त्रित कलाकार उर्गेन दोङको साथमा गायीका रिचा ब्लोन तामाङ, कलाकार प्रतिज्ञा लामा र स्थानीय कलाकारहरु मनिस लिम्बु, प्रेम शंकर, आक्साङ शेर्पा, सागर, रुपक गुरुङ, प्रताप लामा, कपिल र नरेन मदेन, मेवाङ र प्रेमिला लामा, प्रतीक तामाङ, गोविन तामाङ, युन्मि तामाङ, रोश्नी गुरुङ, निशा पुन मगरको प्रस्तुतीसँगै डिजे दिपक गुरुङले माहोल तताउने छन्।

‘तामाङ भाषा, धर्म, संस्कार, संस्कृतिको संरक्षण गरौं, आफ्नो पहिचान र अस्तित्वका लागि एक हौं’ भन्ने नाराकासाथ हुन लागेको कार्यक्रममा दक्षिण कोरियामा रहेका नेपालीहरुलाई उपस्थितिका लागि आयोजकले आह्वान गरेको छ।