Advertisement Ad

फिदिममा फागुन ५ गते चलचित्र लोजिमाको विशेष प्रदर्शन हुने

Advertisement Ad

२१ माघ २०८०, पाँचथर। सागर सुब्बा निर्देशित लिम्बू संस्कृतिमा आधारित चलचित्र लोजिमाको यहिं फागुन ५ गते फिदिममा विशेष प्रदर्शन हुने भएको छ।

चलचित्रको सदरमुकामस्थित छाब्दी बराही चलचित्र मन्दिरमा फागुन ५ गते शनिबार बिहान ११ बजेदेखि विशेष प्रदर्शन हुनेछ। याक्थुङ फिल्मस् प्रा.लि.को आयोजनामा फिदिममा लोजिमाको विशेष प्रदर्शनी हुन लागेको हो।

पाथीभरा च्यानलको व्यानरमा आसाहाङ आङबो निर्माता र पम्फावती राई कार्यकारी निर्माता रहेको लोजिमा सामाजिक एवंम् साँस्कृतिक कथावस्तुमा आधारित रहेको निर्देशक सुब्बाले बताए। चलचित्रमा प्रेमको रोमाञ्चकता र वियोगको कारुणिकतासम्म देखाइएको निर्देशक सुब्बाले बताए।

सागर केरुङको पटकथा/संवाद, दीपक अधिकारीको मूख्य सहायक निर्देशन, रविन्द्र बरालको छायाङ्कन, नरेश खरेलको श्रृङ्गार, अशोक लोहोरुङ राईको पाश्र्व संगीत र सञ्जय अधिकारीको सम्पादन रहेको लोजिमाको छायाङ्कन सिक्किमका विभिन्न स्थानमा गरिएको छ।

यसअघि सिक्किम र नेपालको झापामा प्रदर्शन भइसकेको लोजिमामा बिमला खजुम लिम्बू, आसाहाङ आङबो, सागर केरुङ, निसाम तुम्बापो, रुद्र पाहिम, नुनाम केरुङ, हस्त लिबाङ, साहाराहाङमा पन्धाक लिम्बू, सेरिना राई, बिनी सुब्बा, सञ्जन सुब्बा र आस मुरिङला लगायतको अभियनय हेर्न सकिनेछ।