Advertisement Ad

Advertisement Ad

‘कोशी’ प्रदेशमा समर्थन जनाउनेलाई प्रमुख अतिथि, अतिथि नबनाउन पहिचानका लागि युवा दस्ताको आग्रह

२३ माघ २०८०, पाँचथर। पहिचानका लागि युवा दस्ता पाँचथरले ‘कोशी’ प्रदेशको पक्षमा समर्थन जनाउने ८२ प्रदेश सांसद र पहिचानको आन्दोलनलाई हियाउने ३ जनालाई जिल्लामा हुने कार्यक्रमहरुमा प्रमुख अतिथि र अतिथि नबनाउन आग्रह गरेको छ।

पहिचानका लागि युवा दस्ता पाँचथरले एक विज्ञप्ती जारी गर्दै ‘कोशी’ प्रदेश नामाकरणको विरुद्धमा निरन्तर आन्दोलन चलिरहेको जनाउदै आन्दोलनका विभिन्न स्वरुमध्ये ८२ प्लस ३ लाई प्रदेशमा प्रवेश निषेधको आन्दोलन पनि रहेको स्मरण गराएको छ। आन्दोलनलाई नजरअन्दाज गर्दै आन्दोलनलाई जिस्काउने हेतुले ८२ प्लस ३ लाई कार्यक्रममा प्रमुख अतिथि, अतिथि बनाउने गरिएको भन्दै दस्ताले पहिचानको आन्दोलनलाई नजिस्काउन चेतावनी दिएको हो।

यसै शन्दर्भमा प्रदेश मूख्यमन्त्री केदार कार्कीको प्रमुख आतिथ्यतामा आगामी फागुन २७ गते जिल्लाको फालेलुङ गाउँपालिकाको स्थापना दिवश सँगै प्रशासकीय भवन उद्घाटन कार्यक्रम सम्पन्न गर्ने निर्णय सार्वजनिक भएकोप्रति गम्भिर ध्यानाकार्षण भएको दस्ताले जनाएको छ। पहिचानका लागि युवा दस्ता पाँचथरका संयोजक नुनाम लिम्बू केरुङ र फालेलुङ गाउँपालिका संयोजक दीपक आङथुपोद्वारा हस्ताक्षरित विज्ञप्तीमा पालिकालाई उक्त निर्णय सच्याउन आग्रह गरिएको छ।

उक्त आग्रहलाई वेवास्ता गरी जिल्लाको शान्त वातावरणलाई बिथोल्न खोजियो र कुनै अप्रिया घटना हुन गएमा सम्बन्धीत गाउँपालिका जिम्मेवार हुनुपर्ने विज्ञप्तीमा जनाइएको छ।

विज्ञप्ती :