Advertisement Ad

तुम्खेवा र बाँस्कोटालाई अमर नेम्बाङ स्रष्टा सम्मान

Advertisement Ad

२६ माघ २०८०, पाँचथर। यस बर्षको अमर नेम्बाङ स्रष्टा सम्मान कवि बिमला तुम्खेवा र कवि तथा नियात्राकार गिरिराज बाँस्कोटालाई प्रदान गरिएको छ।

पाँचथर सदरमुकाम फिदिममा शुक्रबार आयोजित पाँचौं अमर नेम्बाङ लिम्बू स्मृति दिवशको अवशरमा तुम्खेवा र बाँस्कोटालाई जनही ५० हजार रुपैंयाँ राशी सहितको सम्मान प्रदान गरिएको हो। अमर नेम्बाङ लिम्बू स्मृति प्रतिष्ठानले बर्षेनी स्रष्टा सम्मान प्रदान गर्दै आएको छ।

कार्यक्रमका प्रमुख अतिथि, फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष बीर्जहाङ आङदेम्बेले स्रष्टा द्वयलाई सम्मान–पत्र सहित नगद प्रदान गरेका थिए। सम्मानित तुम्खेवाका बिमला तुम्खेवाका कविताहरु ९सन् १९९९००, नदी छाल र तरङ्गहरु ९सन् २००४०, संस्मरण एउटा बुढो रुखको ९सन् २००९० र हत्केलामा पृथ्वी बोकेर उभिएको मन्छे ९सन् २०१९० कविता कृति प्रकाशित छन्। बाँस्कोटाको कविता सङ्ग्रह ढुङ्गाको प्रेम ९वि।सं।२०७७० र नियात्रा सङ्ग्रह कञ्चनजंघाको काखबाट ९वि।सं।२०७९० प्रकाशित छन्।

सो अवशरमा अमर नेम्बाङ लिम्बू स्मृति प्रतिष्ठानले फाल्गुनन्द गाउँपालिकास्थित ज्योति मावि आङसराङकी छात्रा प्रेमा लाओतीलाई दश हजार रुपैंयाँ छात्रवृत्ति प्रदान गरेको छ। त्यस्तै आगलागीमा परी ज्यान गुमाएका हिलिहाङ गाउँपालिका–७ का सेसे पन्धाक, फिदिम नपा–५ का सनिप खाती, फाल्गुनन्द गाउँपालिका–१ का मनकुमार नेम्बाङ र मिक्लाजुङ गाउँपालिका–७ का सरिता राईको परिवारलाई दश हजार रुपैंयाँका दरले राहत प्रदान गरेको छ।

त्यस्तै गत असारमा आएको बाडीपहीरोमा परी ज्यान गुमाएका हिलिहाङ गाउँपालिका–७ का तिलकुमार तामाङ, आशिष माझी–एलिशा माझी दम्पती, फालेलुङ गाउँपालिका–४ की जुना सावादेन, फिदिम नपा–५ का राज कुमार राई र फिदिम नपा–१० का सञ्जोग लोवाको परिवारलाई पनि दश हजार रुपैंयाँका दरले राहत उपलब्ध गराइएको कवि धर्मेन्द्रबिक्रम नेम्बाङले जानकारी दिए।

फाल्गुनन्द गाउँपालिकाका तत्कालीन जननिर्वाचित अध्यक्ष एवंम् कवि तथा नियात्राकार अमर नेम्बाङको गाउँपालिका अध्यक्ष रहेकै अवस्थामा २६ माघ २०७५ मा निधन भएको थियो। फिदिमस्थित मनश्वी होटेलको सभाहलमा सम्पन्न कार्यक्रमको संयोजन याक्थुङ लेखक संघले गरेको संघका केन्द्रीय महासचिव मधुराज केरुङले जानकारी दिए।