Advertisement Ad

Advertisement Ad

मलेसियामा अशक्त अवस्थामा रहेका इलाम सुर्योदयका आचार्यलाई नेपाल फर्काउन सहयोगको अपिल

२७ माघ २०८०, काठमाडौ। मलेसियामा बिरामी भई अशक्त अवस्थामा रहेका इलामका एक युवालाई नेपाल फर्काउन उनका साथीहरुले सहयोगको अपिल गरेका छन्।

इलामको सुर्योदय नपा–१४ कटुसे स्थायी घर भएका सूर्य प्रसाद आचार्यलाई नेपाल फर्काउनका लागि सहयोगको अपिल गरिएको हो। उनी बिगत २/३ बर्षदेखि अबैधानिक रुपमा मलेसियामा काम गर्दै आएका थिए। गत जनवरी १२ मा उक्त रक्तचापका कारण उनी सुतेकै ठाउँमा दाहिने हातखुट्टा र शरीरको दाहिने पाटो पूरै नचल्ने भएको उनका साथी मोहन अधिकारीले बताए।

अबैधानिक कामदारको रुपमा रहेका आचार्य बिरामी भएर ठिक नभएपछि कम्पनीले नेपाल पठाउन आलटाल गरेको बताइएको छ। उनका साथी मोहनले नेपाली एकता समाज मलेसिया लगायतका संघ–संस्थालाई निवेदन गरी आचार्यलाई नेपाल फर्काउन पहल गरिरहेको मलेसियाबाट मकर योङयाले जानकारी दिए।

हालः अशक्त अवस्थामा रहेका आचार्यको कुनै पनि लिगल कागजात नभएकाले नेपाल फर्काउन समस्या भएको प्रवाशी नेपाली एकता समाजका अध्यक्ष शुभद्रा लिङदेनले बताइन्। उनको अवस्था दिनानुदिन नाजुक बन्दै गएकाले चाँडै नेपाल फर्काउन पहल तथा सहयोग गर्न सबैसँग अपिल गरिएको बताइएको छ।