Advertisement Ad

फिदिम नगरपालिकामा आज शोक बिदा

Advertisement Ad

२८ माघ २०८०, पाँचथर। फिदिम नगरपालिकाको कार्यालय, जिन्सी शाखा प्रमुख हाङनारायण हाङसरुम्बाको मृत्युमा फिदिम नगरपालिकाले आज (आइतबार) शोक बिदा दिएको छ।

फिदिम नगरपालिका, नगरकार्यपालिकाको कार्यालयले आइतबार आज एक दिन शोक बिदा दिइएको जनाएको छ। नगरकार्यपालिकाको निर्णय अनुसार नगरपालिकाको कार्यालय र माताहतका वडा कार्यालय तथा स्वास्थ्य संस्थाहरुमा शोक बिदा दिइएको प्रमुख प्रशासकीय अधिकृत प्रवीणहाङ योङहाङले बताए।

नगरकार्यपालिकाले स्थानीय इन्जिनियरिङ सेवा, सिभिल समूह, सव इन्जिनियर पदका कर्मचारी हाङसरुम्बाको अमामयीक निधनप्रति दुःख व्यक्त गर्दै परिवारजनमा गहीरो समवेदना प्रकट गरेको छ। हाङसरुम्बा उक्त कार्यालयको जिन्सी शाखा प्रमुखको रुपमा कार्यरत थिए।

अचानक बिरामी परेका उनको उपचारको क्रममा झापाको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा शनिबार निधन भएको फिदिम नगरपालिकाका नगरप्रमुख मित्र प्रसाद काफ्लेले जानकारी दिए। हाङसरुम्बा उच्च रक्तचापका बिरामी थिए।

फिदिम बजारबासी उनको आज (आइतबार) बिहान ११ बजे फिदिम नपा–४ गढीमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ।