Advertisement Ad

सप्ताह ज्ञान महायज्ञ तथा पाँचथर बहुधार्मिक आध्यामिक महोत्सव सुरु

Advertisement Ad

२ फागुन २०८०, पाँथचर। पाँचथर बहुमुखी क्याम्पसमा बुधबारदेखि श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ तथा पाँचथर बहुधार्मिक आध्यात्मिक महोत्सव सुरु भएको छ।

फागुन ९ गतेसम्म चल्ने महोत्सवको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गरे। महापुराण एवंम् बहुधार्मिक आध्यात्मिक महोत्सवको उद्घाटन गर्दै राष्ट्रपति पौडेलले जिल्लामै गुणस्तरीय शिक्षा उपलब्ध गराउने पवित्र उदेश्यले महापुराण आयोजना गरेर पाँचथर बहुमुखी क्याम्पसले प्रशंसनीय कार्य गरेको बताए।

क्याम्पसलाई गुणस्तरीय शैक्षिक संस्थाको रुपमा बिकास गर्नका लागि अक्षयकोष स्थापनार्थ महापुराण एवंम् बहूधार्मिक आध्यात्मिक महोत्सव आयोजना गरिएको क्याम्पस सञ्चालन समिति अध्यक्ष दीपक प्रकश बाँस्कोटाले बताए। शैक्षिक उन्नयनको पवित्र उदेश्यले आयोजित महापुराण एवंम् बहुधार्मिक आध्यात्मिक महोत्सवलाई सफलतापूर्वक सम्पन्न गर्न सबै पक्षलाई सहयोग गर्न क्याम्पसले आग्रह गरेको छ।

वाचनप्रवीण दीनबन्धु पोख्रेल प्रमुख वाचक रहेको महापुराण एवंम् बहुधार्मिक आध्यात्मिक महोत्सवमा याक्थुङ मुन्धुममा डा.चन्द्रकुमार शेर्मा र बौद्ध दर्शनमा फुर्तेम्बा शेर्पाले प्रवचन दिने पाँचथर बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख लक्ष्मी प्रसाद ढुंगानाले बताए।