Advertisement Ad

चौंथो संस्करणको वाइ वाइ पाँचथर गोल्डकपको खेलतालिका सार्वजनिक

Advertisement Ad

७ फागुन २०८०, पाँचथर। सदरमुकाम फिदिमस्थित फिदिम खेलमैदानमा फागुन १२ गतेदेखि सुरु हुने चौंथो संस्करणको वाइ वाइ पाँचथर गोल्डकप अन्तराष्ट्रिय आमन्त्रण फुटवल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ।

आयोजक पाँचथर क्लवले सार्वजनिक गरेको खेलतालिका अनुसार प्रतियोगिताको उद्घाटन खेलमा फागुन १२ गते आयोजक पाँचथर क्लव र नमोबुद्ध एफसी सप्तरी खेल्नेछन्। प्रतियोगिताको दोस्रो क्वाटरफाइनल खेलमा फागुन १३ गते झापा ११ र रेडहर्स एफसी इलाम आमनेसामने हुनेछन्।

प्रतियोगिताको तेस्रो क्वाटरफाइनलमा फागुन १४ गते राइटलेन एजुकेशन बाग्मती युथ क्लव सर्लाहीले पथरी ११ मोरङको सामना गर्नेछ। अन्तिम क्वाटरफाइनलमा फागुन १५ गते पाहुना टोली भारतको हिल्स फुटवल एकेडेमीले ‘ए’ डिविजन त्रिभुवन आर्मी क्लवसँग खेल्नेछ। सबै खेलहरु दिउँसो साँढे २ बजेदेखि हुने आयोजकले जनाएको छ।

फागुन १९ गते सम्पन्न हुने प्रतियोगिताको विजेताले नगद ५ लाख ५ हजार ५५ रुपैंयाँ र उपविजेताले नगद २ लाख ५५ हजार ५५५ रुपैंयाँ प्राप्त गर्नेछन्। प्रत्येक खेलको म्यान अफ् दि म्याच, सुटआउट हिरो र प्रतियोगिताको बिधागत तर्फका उत्कृष्टलाई पनि पुरस्कारको व्यवस्था रहेको आयोजक पाँचथर क्लवका खेल संयोजक कमल तुम्रोकले बताए।