Advertisement Ad

Advertisement Ad

प्रेस मञ्च नेपाल पाँचथरको पुनर्गठन

९ फागुन २०८०, पाँचथर। प्रेस मञ्च नेपाल पाँचथरको मंगलबार पुनर्गठन गरिएको छ। सदरमुकाम फिदिममा आयोजित एक भेलाले प्रेस मञ्च पाँचथरको पुनर्गठन गरेको हो।

पुनर्गठित समितिको अध्यक्षमा उपेन्द्र येक्तेन, उपाध्यक्ष रोहित आङबो, सचिव पदम दुःखी सम्बाहाम्फे, सहसचिव सुशान्त सम्बाहाम्फे र कोषाध्यक्ष तागेरा तावाहाङ चयन भएका छन्।

सदस्यमा बुद्ध लिम्बू, रोजा जबेगु, ज्योति बेघा, सेसेमा सुहाङ, उदय नेम्बाङ र पुजा सेवाहाङ चयन भएका छन्।