Advertisement Ad

सिद्वेश्वरी मा.वि. को ६० औं वार्षिकोत्सब विविध कार्यक्रमका साथ सम्पन्न

Advertisement Ad

१७ फागुन, २०८० पाँचथर । जिल्लाको फाल्गुनन्द गाउँपालिका-४ स्थित श्री सिद्वेश्वरी माध्यमिक विद्यालयको ६० औं वार्षिकोत्सबमा विविध कार्यक्रमको आयोजना गरि सम्पन्न भएको छ।

बुधबार विद्यालयमै विशेष कार्यक्रमको आयोजना गरि उत्सव अवसरमा बिद्यालयले पूर्व विद्यार्थी, पूर्व प्रधानाध्यापक र बिद्यालयका जग्गादाताहरु ७० जनालाई दोसल्ला अर्पण गर्दै सम्मानपत्रका साथ सम्मान गरेको थियो ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित १ नम्बर प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री कमल प्रसाद जबेगुले विद्यालयहरुलाई राजनीतिकरण गर्न नहुने बताउनुभयो । ”शिक्षाले समाजलाई आमूल परिवर्तन गर्दोरहेछ” मन्त्री जबेगुले भन्नुभयो “गर्नुपर्ने हामीले सबैभन्दा पहिले शिक्षा नै रहेछ भन्ने यो बिद्यालयको स्थापना दिवस मनाइरहँदा थाहा पायौं ।” जबेगुले विद्यालयमा पठन पाठनका लागी अभाव रहेको भवन निर्माणको लागि बिशेश पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

विद्यालयको शैक्षिक र भौतिक पुर्वाधार बिकासका निम्ति बिगतमा पनि सहयोग गरेको र आगामी दिनमा पनि निरन्तर सहयोग गर्ने १ नम्बर प्रदेशका पुर्व भौतिक पुर्वाधार तथा अर्थ मन्त्री एवं प्रदेश सांसद इन्द्र बहादुर आङ्बोले बताए । “म यहाँबाट पहिलोपटक निर्वाचित भएर गैसकेपछी यहाँको बिकासको परिभाषा नै बदलेका थियौं” आङ्बोले भन्नुभयो “नसोचेका पुर्वाधारका बिकासहरु हामीले गरेका थियौं, मैले यहीँ बिद्यालयमा पनि चारवटा कार्यक्रमहरु गरेको रहेछु ।” उक्त क्षेत्र आफ्नो निर्वाचन क्षेत्र भएकाले पनि जुनसुकै बिकासका निम्ति पनि आफू सधैं अग्रपंक्तिमा रहने आङ्बोले बताए ।

६० औं वार्षिकोत्सबको अवसरमा विद्यालयमा २ लाख पचास हजार बराबरको अक्षयकोषको स्थापना गरिएको छ । विद्यालयको प्रगति प्रतिवेदन पेश गर्दै प्रधानाध्यापक नर प्रसाद नेम्वाङले भौतिक र आर्थिक स्थिति कमजोरका बावजुत विद्यालय सञ्चालन गरिरहेको बताए ।

शिक्षक, विद्यार्थी, अविभावक र जनप्रतिनिधि लगायत विभिन्न ब्यक्तिहरुको उपस्थितिमा सम्पन्न कार्यक्रममा गायक आइन्द्र नेम्वाङ र पालाम गायिका गिता नेम्वाङले साङ्गितिक प्रस्तुती प्रस्तुत गरेका थिए ।