Advertisement Ad

पाँचथर गोल्डकपः टाइब्रेकरमा झापालाई ३–० ले पाखा लगाउदै आर्मी फाइनलमा

Advertisement Ad

१७ फागुन २०८०, पाँचथर। सदरमुकाम फिदिममा जारी चौंथो संस्करणको अन्तराष्ट्रिय आमन्त्रण वाइ वाइ पाँचथर गोल्डकप फुटवल प्रतियोगितामा ‘ए’ डिविजन त्रिभुवन आर्मी क्वल फाइनल प्रवेश गरेको छ।

बिहीबार भएको प्रतियोगिताको अन्तिम सेमीफाइनल खेलमा मोफसलको बलियो टोली झापा ११ लाई टाइब्रेकरमा ३–० ले हराउदै आर्मी फाइनल प्रवेश गरेको हो। खेलको निर्धारित समय १–१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय सोझै टाइब्रेकरबाट लिइएको थियो।

पेनाल्टी सुटआउटमा आर्मीका सन्तोष केसी, दिप लामा र मान बहादुर आले मगरको प्रहार गोलमा परिणत हुँदा झापाका पेमा तामाङ र बिषाल तामाङको प्रहार गोलपोष्टको बारमा लाग्दै फकिएको थियो। रोजिन माझीको प्रहारलाई आर्मीका गोलकिपर नवीन परियारले रोकेका थिए।

फिदिम खेलमैदान भएको प्रतिश्पर्धात्मक खेलमा दोस्रो हाफको सुरुवातमै दिप लामाको गोलबाट आर्मीले अग्रता बनाएको थियो। तर, दोस्रो हाफको १७ औं मिनेटमा आर्मीका डिपफेन्डरले झापाका खेलाडीलाई ‘डि’ एरियामा लडाएपछि मूख्य रेफ्रि श्याम दनुवारले झापालाई नेपाल्टी दिएका थिए। पेनाल्टीमा प्रदीप बुढाथोकीले गोल गर्दै झापालाई खेलमा फर्काएको थियो।

खेलमा दुबै टोलीले आक्रमक खेल पस्किदै जीतको लागि प्रयास गरे पनि गोल हुन नसक्दा खेल टाइब्रेकरमा धकेलिएको थियो। टाइब्रेकरमा आर्मीले बाजी मार्दै फाइनल प्रवेश गर्दा झापा उपाधीयात्राबाट बाहिरिदै घर फर्किनुपर्यो। खेलको म्यान अफ् दि म्याच बनेका आर्मीका दिप लामाले नगद पाँच हजार रुपैंयाँ प्राप्त गरे।

प्रतियोगिताको फाइनल खेल फागुन १९ गते हुनेछ। यसअघि बुधबार भएको प्रतियोगिताको पहिलो सेमीफाइनलमा राइटलेन एजुकेशन बाग्मती युथ क्लवलाई हराउदै आयोजक पाँचथर क्लव फाइनल प्रवेश गरिसकेको छ। पाँचथर क्लव र आर्मी बीचको उपाधी भिंडन्त निकै रोमाञ्चक हुने अनुमान गरिएको छ।