Advertisement Ad

नेकपा (माओवादी केन्द्र) फिदिम–६ को अधिवेशन सम्पन्न

Advertisement Ad

२८ फागुन २०८०, पाँचथर। नेकपा (माओवादी केन्द्र) फिदिम नगरपालिका ६ नं.वडा कमिटीको दोस्रो अधिवेशनले लोकेन्द्र लामिछाने मगरको अध्यक्षतामा २५ सदस्यीय नयाँ वडा कमिटी निर्वाचित गरेको छ।

व्यापारिक केन्द्र फिदिम–६ पात्लेभञ्ज्याङमा आइतबार सम्पन्न अधिवेशनको वन्दशत्रले मगरको अध्यक्षतामा २५ सदस्यीय वडा कमिटी निर्वाचित गरेको हो। उपाध्यक्षमा कञ्चन तुम्रोक, सचिव नरेश तुम्रोक, सहसचिव आदर्श आङदेम्बे र कोषाध्यक्ष चन्द्रकला लकान्द्री निर्वाचित भएका छन्।

अधिवेशनको उद्घाटन प्रमुख अतिथि पार्टीका केन्द्रीय सदस्य तथा प्रदेश संसदीय दलका नेता इन्द्र बहादुर आङबो (मौसम)ले गरेका थिए। उद्घाटन समारोहमा प्रमुख अतिथि आङबोसँगै केन्द्रीय सदस्य सीता थेबे, पाँचथर जिल्ला सह–इन्चार्ज दिनेश लाओती, जिल्ला संयोजक बिषाल रसाइली, प्रदेश सचिवालय सदस्यद्वय टिका नेम्बाङ र महेन्द्रहाङ जबेगु लगायतले सम्बोधन गरेका थिए।

सो अवशरमा विभिन्न पार्टी परित्याग गरी ५० जना नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका अनेरास्ववियू जिल्ला कमिटी पाँचथरका अध्यक्ष सन्दिप तुम्रोकले बताए।