Advertisement Ad

Advertisement Ad

‘यो हो हाम्रो पाँचथर ग्रुप’ द्वारा शैक्षिक सामग्री वितरण

इवारा लिम्बू

२८ फागुन २०८०, पाँचथर। ‘यो हो हाम्रो पाँचथर ग्रुप’ले आइतबार फिदिममा अवस्थित चार वटा विद्यालयका अनाथ, दृष्टिबिहीन र अपाङ्गता भएका बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ।

फिदिम–१ स्थित फिदिम माविमा अध्ययनरत बोलिमा समस्या भएका १० जना, फिदिम–४ मा रहेको जागृति आधारभूत विद्यालयमा आवासीय रुपमा अध्ययनरत ४३ जना अनाथ बालबालिका, फिदिम–४ कै सुखबोध माविका आवासीय रुपमा अध्ययनरत २५ जना र गढी माविमा अध्ययनरत १९ जना दृष्टिबिहीन बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरिएको हो।

फरक क्षमता भएका र अनाथ बालबालिकाहरुको शैक्षिक विकासका लागि शैक्षिक सामग्री प्रदान गरिएको बताइएको छ। बालबालिकाहरुलाई स्वीटर र कपि, कलम वितरण गरिएको ग्रुपका सुन्दर योङहाङले जानकारी दिए।

जनप्रतिनिधि, स्थानीय सामाजिक अगुवा, विद्यालय प्रशासन र शिक्षक लगायतको उपस्थितिमा सामग्री वितरण गरिएको योङहाङले बताए।