Advertisement Ad

पाँचरको फालेलुङ–८ पूर्ण खोप सुनिश्चित वडा

Advertisement Ad

इवारा लिम्बू

२८ फागुन २०८०, पाँचथर। विश्व स्वास्थ्य संगठनले तोकेको सूचक पूरा गरेपछि फालेलुङ गाउँपालिका वडा नं. ८ लाई पूर्ण खोप सुनिश्चित वडा घोषणा गरिएको छ।

१५ देखि ५९ महिना उमेर समूहका सबै बालबालिकालाई विश्व स्वास्थ्य संगठनले तोकेको सबै खोपको मात्रा पूरा गरेपछि वडा नं. ८ लाई फागुन २७ गते आइतबार पूर्ण खोप सुनिश्चि वडाको रुपमा घोषणा गरिएको वडा अध्यक्ष श्रीहाङ केरुङले बताए।

फालेलुङ गाउँपालिका खोप समन्वय समितिको सचिवालय थकेपुङको सर्वेक्षण र प्रतिवेदन सदर गर्दै पालिकाबाट प्रतिनिधित्व गर्दै फागुन २७ गते अधिकृत सातौं रणजीत आङबुहाङ लिम्बूले वडा अध्यक्ष्य श्रीहाङ केरुङलाई प्रमाणपत्र प्रदान गर्दै वडा नं ८ लाई पूर्ण खोप सुनिश्चित घोषणा भएको हो।

फालेलुङ गाउँपालिका वडा नंं ८ को तथ्याङ्क अनुसार १५ देखी ५९ महिना उमेर समूहका बालबालिकाको संख्या १८८ जना छ। ती सबैलाई सबै खोपको मात्रा दिइएको छ भने नियमीत खोप लगाउन छुटेका ४ जना बालबालिकाई घरधुरी सर्वेक्षणमा खोजतलास गरि ११ र १२ नियमीत खोप दिइएको फालेलुङ–८ का स्वास्थ्य साखा प्रमुख केल्भिना चेम्जोङले बताइन्।