Advertisement Ad

ग्याल्पो ल्होसारको मिति गतलः सच्याउन माग गर्दै सरकारलाई ध्यानाकार्षण

Advertisement Ad

इवारा लिम्बू

२८ फागुन २०८०, पाँचथर। नेपाल सरकारले ग्याल्पो ल्होसारको अवसरमा आज फागुन २८ गते सार्वजनिक बिदा दिएको छ।

तर, नेपाल शेर्पा संघ जिल्ला कार्य समिती पाँचथरका सचिव फुर्बा शेर्पाका अनुसार ग्याल्पो ल्होसारको मिति गलत छ। नेपाल शेर्पा संघ ताप्लेजुङ, पाँचथर र मातहतका भातृ संघ–संस्थाहरुले नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले तयार गरेको तिथिमिति गलत भएको भन्दै सच्याउन माग गर्दै फागुन २७ गते ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेल मार्फत ज्ञाापन पत्र सहित नेपाल सरकारको ध्यानआकर्षण गराएका छन्।

शेर्पाहरूको महान् चाड २१५१ औं ग्याल्पो ल्होसार माघ २७ गतेका दिनमा नै परेको भए तापनि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले तयार पारेको पात्रोलाई आधार मानेर नेपाल सकारले फाल्गुण २८ गतेका दिनलाई ग्याल्पो ल्होसार भनेर सार्वजनिक बिदा उल्लेख गरी समग्र हिमाली बौद्ध मार्गीहरूको चाँडपर्वको मितिबारे नै भ्रममा पारिएको भन्दै आपत्ति जनाएका छन्।

प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउदै बिगत धेरै वर्षदेखि नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक ड्डयनन मन्त्रालय अन्तर्गत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले तयार गरी प्रकाशन गर्ने पात्रोमा बौद्ध मार्गीहरूको महत्वपूर्ण चाँडपर्वहरूको तिथिहरूलाई नजरअन्दाज गर्दै आएकोमा उनीहरुले आपत्ती जनाएका छन्।

ध्यानआर्कषण पत्रमा भनिएको छ, ‘महायानी बौद्ध मार्गीहरूको सम्पूर्ण चाँडपर्वहरू भोट चन्द्र पात्रो (दाथो) मा आधार गरी मान्ने, मनाउने, नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारले सोही पात्रोमा रहको तिथि, मिति अनुसार सार्वजनिक बिदा दिने व्यवस्था गरियोस्। साथै नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले वार्षिक रूपमा पात्रो तयार गर्दा बौद्ध मार्गीहरूको छाता संगठन नेपाल बौद्ध महासंघलाई सहभागी गराई समन्वय गराउन अनुरोध गर्दछौँ। यदि आगामी दिनहरूमा नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिमा बौद्ध मार्गीहरूको सहभागिता बिना पात्रो तयार गरी प्रकाशन गरिएमा विभिन्न आन्दोलनको कार्यक्रम तय गरी अघि बढ्छौं।’