Advertisement Ad

मोरङको विराटनगरमा एक स्टाफ नर्सको हत्या

Advertisement Ad

२ चैत २०८०, मोरङ। विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा कार्यरत एक स्टाफ नर्सको हत्या भएको छ।

सिराहा घर भएकी २२ बर्षीया चन्द्रिकाकुमारी दासको शव हत्या गरेर छोडिएको अवस्थामा शौचालयमा भेटिएको हो। उनी विराटनगर–४ स्थित एक घरमा डेरा बस्दै आएकी थिइन्। डेरामै उनको हत्या भएको बताइएको छ। उनकाे शव शुक्रबार दिउँसाे भेटिएकाे थियाे।

उनको घाँटि, अनुहार र शरीरका विभिन्न ठाउँमा धारिलो हतियारले प्रहार गरेको भेटिएको मोरङ प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक रन्जनकुमार दाहालले बताए। घटनाबारे अनुसन्धान सुरु गरिएको प्रहरीको भनाई छ।