२ चैत २०८०, काठमाण्डौ। नेपाली महिला फुटवल टोली फिफा वरीयताको पाँच स्थान माथि उक्लिएको छ।
यसअघि १०५ औं स्थामा रहेको नेपाल फिफाले शुक्रबार निकालेको नयाँ वरीयतामा पाँच स्थान माथि उक्लिदै १ सय औं स्थानमा रहन सफल भएको हो।
साउदी अरेबियामा हालै सम्पन्न वाफ च्याप्पियनसिपमा उत्कृष्ट प्रदर्शन गर्दैै नेपाल फाइनल पुगेको थियो । भारत भने फिफा वरीयताको ६६ औं स्थानमा रहेको छ।
फिफा वरीयताको पहिलो नम्बरमा भने स्पेन छ। इङ्ग्याण्ड दोस्रो स्थानमा उक्लिदा फ्रान्स तेस्रो स्थानमा छ। यसअघि दोस्रो स्थानमा रहेको अमेरिका भने चौथो स्थानमा छ।
