Advertisement Ad

ताप्लेजुङकी पत्रकार माबो सम्मानित

Advertisement Ad

९ वैशाख २०८१, ताप्लेजुङ। ताप्लेजुङकी पत्रकार मनु माबो लिम्बू सहित एक समाजवेसी र एक रेडक्रश उपशाखा पुरस्कृत तथा सम्मानित भएका छन्।

टिकाराम गौतम स्मृति प्रतिष्ठानले आइतबार एक समारोहकाबीच पत्रकार माबोलाई नगद १० हजार १ सय ५ रुपैंयाँ राशी र सम्मान–पत्र सहित पुरस्कृत तथा सम्मानित गरेको हो। एक दशकदेखि पत्रकारितामा सक्रिय माबो ताप्लेजुङबाट सञ्चालित रेडियो तमोरमा आबद्ध छन्।

प्रतिष्ठानले पत्रकार माबोसँगै जिल्लाको आठराई त्रिवेणी गाउँपालिकाका समाजसेवी हर्क यक्सो र उत्कृष्ट गतिबिधि गर्ने रेडक्रश सोसाईटी उपशाखा साँघुलाई पनि पुरस्कृत तथा सम्मानित गरेको छ। समाजसेवी यक्सोलाई नगद १० हजार १ सय ५ रुपैंयाँ र रेडक्रश उपशाखा साँघुलाई नगद १५ हजार १ सय ५ रुपैंयाँ र सम्मान–पत्र सहित सम्मान गरेको हो।

समाजसेवी एवंम् नेपाल रेडक्रश सोसाईटी ताप्लेजुङका पूर्व सभापती स्व.टिकाराम गौतमको स्मृतिमा २०६८ मा प्रतिष्ठान स्थापना गरी बार्षिक रुपमा एक पत्रकार, एक समाजसेवी र उत्कृष्ट काम गर्ने एक रेडक्रश उपशाखालाई पुरस्कृत तथा सम्मानित गर्दै आएको प्रतिष्ठानका अध्यक्ष तोयानाथ गौतमले जानकारी दिए।