Advertisement Ad

मनसरा दक्षिण कोरियाको विभिन्न सहरमा प्रदर्शन हुँदै

Advertisement Ad

अर्जुन तुम्बापो

९ वैशाख २०८१, दक्षिण कोरिया। यहिं वैशाख २१ देखि नेपाल अधिराज्यभर एकसाथ प्रदर्शनमा आउन लागेको उपेन्द्र सुब्बा निर्देशित चलचित्र मनसरा दक्षिण कोरियाका चार सहरमा पनि प्रदर्शन हुने भएको छ।

किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाले सिरिजंगा लिपीको युनिकोड निर्माण सहयोगार्थ दक्षिण कोरियाको सौल, छल्लादोको जन्जु र किम्हे बुसानमा मे ५ अर्थात् वैशाख २३ गते एकसाथ प्रदर्शन हुने जनाइएको छ। त्यस्तै जेजुदोमा मे ११ अर्थात् वैशाख २९ गते प्रदर्शन गरिने किरात याक्थुङ चुम्लुङ, दक्षिण कोरिया केन्द्रका अध्यक्ष दिर्ज काङ्भा लिम्बूले सुम्हात्लुङ टाइम्सलाई बताए।

यसपछि दक्षिण कोरियाका कम्तिमा १४ विभिन्न स्थानमा मनसरा प्रदर्शन गर्ने तयारी छ। चलचित्र मनसराको दक्षिण कोरियामा प्रदर्शनको आधिकारिकता किरात याक्थुङ चुम्लुङले लिएको पनि अध्यक्ष लिम्बूले बताए। कियाचु दक्षिण कोरिया केन्द्र र तीन वटै क्षेत्रीय समितिहरुसँगको समन्वयमा दक्षिण कोरियामा मनसरा प्रदर्शन हुनेछ।

चलचित्र प्रदर्शनबाट कियाचु कोरियाले प्राप्त गर्ने रकम सिरिजंगा लिपीको युनिकोड निर्माणमा खर्च गरिने भएकाले दक्षिण कोरियामा रहेका नेपाली चलचित्रप्रेमीलाई आफूलाई पायक पर्ने स्थानमा गएर बहूप्रतिक्षित चलचित्र मनसरा हेर्न कियाचु दक्षिण कोरियाले आग्रह गरेको छ।

यसअघि गतबर्ष सर्वाधिक बढी कमाई गर्न सफल चलचित्र जारी निर्देशन गरेका निर्देशक उपेन्द्र सुब्बाले दोस्रोपल्ट मनसरा निर्देशन गरेका हुन्। मनसरीमा दयाहाङ राई, मिरुना मगर, प्रवीण खतिवडा र मेनुका प्रधान मूख्य भूमिकामा रहेका छन्।

मनसराको ट्रेलर हेर्नुहोसः