Advertisement Ad

Advertisement Ad

पाँचथरमा बाँदर धपाउन राखिएको बन्दुक पड्किदा एकको मृत्यु

१० वैशाख २०८१, पाँचथर। हिलिहाङ गापा–४ सिबुवामा बाँदर धपाउन राखिएको बन्दुक पड्किदा घाइते भएका एक व्यक्तिको उपचारको क्रममा मृत्यु भएको छ।

मृत्यु हुनेमा हिलिहाङ गापा–४ सिबुवाका ५१ बर्षीय मनकुमार सिगु गरेको प्रहरीले जनाएको छ। आइतबार राती बन्दुकको फायरिङ पिनको नाल फुटेर छर्राले लाग्दा सिगु घाइते भएका थिए।

उनको उपचारको क्रममा जिल्ला अस्पताल पाँचथरमा मृत्यु भएको पाँचथर प्रहरी प्रवक्ता, प्रहरी निरिक्षक सुमित कुश्वाहाले बताए। उक्त बन्दुक नियन्त्रणमा लिएर घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ।