Advertisement Ad

Advertisement Ad

संघीय लिम्बुवान सामाजिक मञ्च युएई क्षेत्रीय समिति अल ऐनको दोस्रो अधिवेशन सम्पन्न

१० वैशाख २०८१, युएई। संघीय लिम्बुवान सामाजिक मञ्च युएई क्षेत्रीय समिति अल ऐनको दोस्रो अधिवेशन आइतबार सम्पन्न भएको छ।

अल ऐनमा सम्पन्न अधिवेशनको कार्यक्रमका प्रमुख अतिथि, संघीय लिम्बुवान सामाजिक मञ्च युएईका अध्यक्ष भिम अधिकारीले उद्घाटन गरेका थिए। अधिवेशन प्रमुख अतिथि अधिकारीसँगै प्रमुख संरक्षक राम योङहाङ (बैदारे ठुले) र संरक्षक तथा क्षेत्रीय सल्लाहकार राम फियाक लगायतको सहभागितामा सम्पन्न भएको थियो।

अधिवेशनले २०२४–२०२६ कार्यकालको लागि सिमा सुब्बाको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ। वननिर्वाचित समितिको वरिष्ठ उपाध्यक्ष लक्की राज बेघा, उपाध्यक्ष राम कुमार लिम्बु, सरिता लिङदेन, लक्ष्मी मायाँ, सचिव राजेश थेबे, सह–सचिव कुमार बस्नेत, कोषाध्यक्ष रामचन्द्र चौधरी र सह–कोषाध्यक्ष हिरा बि.क. निर्वाचित भएका छन्।

त्यस्तै साँस्कृतिक विभाग प्रमुख सजन राई, साँस्कृतिक विभाग उप–प्रमुख रन्जु कार्की, साँस्कृतिक विभाग उप–प्रमुख मधु तामाङ, विभागीय प्रमुखहरु सन्जिव पौडेल लगायत अन्य सदस्यहरु निर्वाचित भएका छन्। त्यस्तै वरिष्ठ सल्लाहकारमा राम फियाक लिम्बु, सल्लाहकारमा हेमचन्द्र फियाक लिम्बु र राज थेबे (यामसेसे) चयन भएका छन्।

नव निर्वाचित कार्यसमितिलाई कार्यक्रमका प्रमुख अतिथि, संघीय सामाजिक मञ्च युएईका अध्यक्ष भिम अधिकारी लगायतले बधाई तथा शुभकामना दिएका थिए।