Advertisement Ad

फालेलुङमा स्थानीय उत्पादनहरुको कुकिङ तालिम

Advertisement Ad

१३ वैशाख २०८१, पाँचथर। जिल्लाको फालेलुङ गाउँपालिकामा स्थानीय उत्पादनहरुको कुकिङ तालिम सम्पन्न भएको छ। बैकल्पिक आयआर्जनमा सहयोग पुगोस भन्ने उदेश्यले पाँच दिने सामुदायिक पर्यटन स्थानीय उत्पादनको कुकिङ होमष्टे प्रबद्र्धन तालिम सम्पन्न भएको हो।

फालेलुङका होमस्टे तथा होटल सञ्चालकलाई उक्त तालिम दिइएको हो। फालेलुङ गाउँपालिका र रेडपाण्डा नेटवर्कको आर्थिक सहयोगमा संरक्षणको क्षेत्रमा सक्रिय दीपज्योति युवा क्वलको आयोजनामा तालिम सम्पन्न भएको हो।

गाउँपालिकाको केन्द्र थोकेपुङमा वैशाख ९ गतेदेखि १३ गतेसम्म सञ्चालन भएको तालिममा गाउँपालिकाका २६ जना होमस्टे तथा होटल सञ्चालकको सहभागिता रहेको थियो। तालिमको सहजीकरण सहजकर्ता रमेश राईले गरेका थिए।

स्थानीय परम्परागत खेतीबालीलाई प्रोत्साहन गर्दै अर्गानिक वस्तुहरु राखेर होमस्टे र होटल सञ्चालन गरी आर्यआर्जनमा टेवा पुग्ने र होमस्टेको माध्यामबाट आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आकर्षित गर्न तालिमले सहयोग गर्ने अपेक्षा राखिएको गाउँपालिका अध्यक्ष बिरबिक्रम थाम्सुहाङले बताए।

तालिमले स्थानीयलाई स्वरोजगार बन्न सहयोग पुग्ने पालिका उपाध्यक्ष महेन्द्रहाङ जबेगूले बताए। रसायनिक मिसावटमुक्त तथा खानपिनबाट मानव स्वास्थ्यलाई स्वस्थ राख्न होमस्टेले ठूलो मद्ध गर्ने भन्दै तालिमले यसमा सहयोग पुर्याएने गाउँपालिकाका प्रमुख प्रशासकीय प्रमुख डम्बरबहादुर आङ्देम्वेले बताए।

तालिम समापन समारोहमा तालिममा सहभागिले सिकेर बनाएका परिकारको प्रदर्शनी गरिएको थियो। २७ वटा स्थानीय परिकारको प्रदर्शन गरिएको थियो। तालिमले स्थानीय उत्पादनबाट पनि राम्रा र स्वादिष्ट परिकार बनाउने ज्ञान हाँसिल भएको तालिममा सहभागी मेमेङका राजु सावदेनले बताए।

तालिममा सहभागी भएका २६ जना सबैलाई प्रमाण–पत्र प्रदान गरिएको र ४ जनालाई उत्कृष्ट सहभागिको रुपमा पुरस्कृत गरिएको आयोजक दीपज्योति युवा क्लवका कार्यकारी निर्देशक सुनिल बान्ताबाले बताए।