१४ वैशाख २०८१, पाँचथर। महिला लिग छनोट अन्तर्गत कोशी प्रदेशले लगातार चौंथो जित निकालेको छ।
शुक्रबार कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीले लुम्बिनी प्रदेशलाई ३–० ले हरायो। कोशीको जितमा मनिता तुम्रोकले २ गोल गरिन्। बाँकि एक गोल भने सन्जुमाया तामाङको नाममा रह्यो।
सन्जुमायाले २३ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलएकी थिइन्। ३९ औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारेकी मनिताले ५७ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ३–० को जित दिलाइन्।
जीत सँगै १२ अंक जोडेको कोशी शीर्ष स्थानमा छ। ६ अंकका साथ सुदूरपश्चिम प्रदेश दोस्रो स्थानमा छ। कर्णाली तेस्रो र लुम्बिनी ३ अंक सहित पाँचौं स्थानमा छ।
