१६ वैशाख २०८१, इलाम। इलाम–२, प्रतिनिधिसभा सदस्य पदका लागि भएको उपनिर्वाचनमा अहिले मतगणना जारी रहेको छ।
सुरुमा फाकफोकथुम गाउँपालिका वडा नं. १ र २ को २ हजार ८३९ मत गणना हुँदा नेपाली कांग्रेसका डम्बर खड्का ८२ मतले अघि छन्।
खड्काले १ हजार १ सय ५५ मत प्राप्त गरेका छन्। नेकपा एमालेका सुहाङ नेम्बाङले १ हजार ७३ मत प्राप्त गरेका छन्। स्वतन्त्र उम्मेदवार डकेन्द्रसिं थेगिमले ३ सय १३ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बूले २ सय ११ मत प्राप्त गरेका छन्।
१ लाख १५ हजार ८८९ मतदाता रहेको इलाम–२ मा ६९ हजार ४२१ मत खसेको छ। अहिले मतगणना जारी रहेको छ।
