Advertisement Ad

फिदिम नगरपालिकामा पाठेघरको क्यान्सर स्क्रिनिङका लागि निशुल्क शिविर हुँदै

Advertisement Ad

३ जेठ २०८१, पाँचथर। फिदिम नगरपालिकाले पाठेघरको मुखको क्यान्सर स्क्रिनिङका लागि निशुल्क शिविर सञ्चालन गर्ने भएको छ। फिदिम नगरपालिकाले हालै पत्रकार सम्मेलन आयोजना गरेर शिविरबारे जानकारी दिएको हो।

फिदिम नगरपालिकाको आर्थिक व्यवस्थाप एवंम् स्वास्थ सेवा विभागको परिवार कल्याण महाशाखाबाट एचपीभी डिएनए किट व्यवस्थापन र करुणा फाउण्डेशनको प्राविधिक सहयोगमा शिविर सञ्चालन गर्न लागिएको नगर प्रमुख मित्र प्रसाद काफ्लेले बताए।

फिदिम नगरपालिका स्वास्थ्य शाखा प्रमुख ओम प्रकाश यादवका अनुसार महिलाहरुको पाठेघरको मुखको क्यान्सर जस्ता प्रजनन स्वास्थ्य रुग्णता स्क्रिनिङ तथा पहिचान गरी परामर्श र औषधी वितरण गर्न शिविर सञ्चालन गर्न लागिएको हो।

नगर क्षेत्रका ३० देखि ५० बर्ष उमेर समूहका महिलाहरुलाई दक्षित गरी शिविर सञ्चालन गर्न लागिएको हो। शिविरमा एक हजार महिलाहरुको स्क्रिनिङ गर्ने लक्ष्य राखिएको छ। परिक्षणको नतिजा एक महिनामा आउनेछ। रिपोर्ट पोजेटिभ आएका महिलाहरुलाई थप उपचारका लागि आवस्यक परामर्श दिई सम्बन्धीत अस्पताल पठाइने बताइएको छ।

शिविरमा सहभागि भएर लाभ लिन नगरपालिकाले आग्रह गरेको छ। शिविर नगरपालिकाको ४ स्थानमा सञ्चालन गरिनेछ। शिविर निम्नानुसार सञ्चालन हुनेछ–

जेठ ९ गते लुङरुपा स्वास्थ्य चौकी, फिदिम–१४
जेठ १० गते नांगीन स्वास्थ्य चौकी, फिदिम–१२
जेठ ११ गते रानीटार स्वास्थ्य चौक, फिदिम–८
जेठ १३ र १४ गते जिल्ला अस्पताल फिदिम