Advertisement Ad

कोशी प्रदेश सरकारः मन्त्रीमण्डल विस्तार

Advertisement Ad

४ जेठ २०८१, विराटनगर। कोशी प्रदेश सरकारमा शुक्रबार मन्त्रीमण्डल विस्तार भएको छ। मूख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रीमण्डल विस्तार गरेका हुन्।

विस्तार भएको मन्त्रीमण्डलमा रामबहादुर मगर आर्थिक मामिला तथा योजनामन्त्री, गणेश उप्रेती भौतिक पूर्वाधार विकासमन्त्री, लिलबल्लभ घिमिरे आन्तरिक मामिला तथा कानूनमन्त्री, राजेन्द्र कार्की स्वास्थ्यमन्त्री, एकराज कार्की सिँचाई तथा उर्जामन्त्री र पाँचकर्ण राई सामाजिक विकासमन्त्री बनेका छन्।

उद्योग, कृषि तथा सहकारी मन्त्रालय र वन तथा वातावरण मन्त्रालय भने मूख्यमन्त्री आफैंले राखेका छन्। राज्यमन्त्री सिर्जना राईलाई मूख्यमन्त्री कार्यालय र बन्दना झाँगडलाई पर्यटन, वन तथा वातावरण मन्त्रालयमा जिम्मेवारी दिइएको छ।